काठमाडौा, ७ कार्तिक । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा भएको पहिलो संस्करणको वमन्स च्याम्पियन्स लिग टि-ट्वान्टि क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले हात पारेको छ । चितवनले क्याट क्विन्सलाई ४५ रनले पराजित गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेटको क्षतिमा ११२ रन जोड्न सफल भयो ।
११३ रनको लक्ष्य पछ्याएको क्याट क्विन्स काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउदै ६७ रन मात्र जोड्न सफल भयो । चितवन राइनोजले क्याट क्विन्सलाई उद्घाटन खेलामा पनि पराजित गरेको थियो । यस सँगै विजेता टिमले रु ७ लाख नगद पुरस्कार पाएको छ भने उपविजेता टिमले ३ लाख पाएको हो ।