सिन्धुपाल्चोकमा नेकपालाई बज्रपात, पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ता कांग्रेसमा प्रवेश


हरेकपल October 24, 2019

सिन्धुपाल्चोक । सिनधुपाल्चोकमा नेकपाका दर्जनौँ नेता कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. १ सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई अवसर पारेर पार्टी प्रवेश गरेका हुन् । नव–प्रवेशीहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सदस्यता प्रदान गरेका छन् ।

नव प्रवेशीहरुलाई केन्द्रीय नेताहरु डा. महत र बस्नेतले खादा लगाएर स्वागत गरेका छन् । प्रवेश हुनेहरुमा नेकपाका प्रभावशाली नेताहरु रहेका छन् । नव प्रवेशीहरुमा पूर्व माओवादीको तर्फबाट जिल्ला कार्यसमिति सदस्य समेत भइसकेका नरेश तामाङ, रोशन तामाङ, पानबहादुर तामाङ, शुजन पहरी, सुरज गुरुङ, अभिन गुरुङ, सविन गुरुङ, सरोज गुरुङ, सुजन तामाङ, बसन्त गुरुङ, विष्णु गुरुङ, विनोद तामाङ, कुमार महरी र रुबन तामाङ लगाएत रहेका छन् ।

नव प्रवेशीहरुले आफुहरुलाई नेकपाले चुनावमा प्रयोग गर्ने साधानको रुपमा प्रयोग गरेको गुनासो गरेका छन् । उनीहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनका लागि नै नेपाली कांग्रेसमा प्रवेश भएको बताएका छन् ।