काठमाडौं, ७ कात्तिक । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरेपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दसैंअघि हिरासतमा परेका उनको तिहार पनि हिरासतमै बित्ने भएको छ।
यसअघि महानगरीय अपराध महाशाखाले महरामाथिको अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपको माग गरेको थियो । सोही मागबमोजिम काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको हो ।
असोज १९ गते पक्राउ परेका महरामाथि अनुसन्धान गर्न अदालतले यसअघि पहिलोपटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । १८ दिनमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले पुनः म्याद थपको माग गरेको थियो ।