काठमाडौं, ७ कात्तिक । सरकारले भाइटीकाकाे भाेलिपल्ट कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका अनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हाे । पञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।
काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले बिदा दिएको हो ।