डा. बुढाथोकीलाई मातृशोक


हरेकपल October 25, 2019

काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रभु बुढाथोकीलाई मातृ शोक परेको छ । उहाँकी ८३ वर्षिया आमा मेघकुमारी बुढाथोकीको गत ४ कार्तिकका दिन काठमाडौंमा उपचारकाक्रममा निधन भएको हो । स्वर्गिय मेघकुमारीका ४ छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मेघकुमारीको निधन प्रति श्रद्धाञ्जलीकासाथ शोक सुन्तव्ध परिवारमा समवेदना प्रकट गरेको छ । सूचना चौतारी सञ्चार सहकारी एवम् हरेकपल डट कमका तर्फबाट पनि मेघकुमारीको निधन प्रति श्रद्धाञ्जलीकासाथ शोक सुन्तव्ध परिवारमा समवेदना व्यक्त गर्दछौं ।