ओखलढुंगामा अमेरिकन नागरिक डा. पिटर सम्मानित


हरेकपल October 25, 2019

-नारायण सापकोटा

ओखलढुंगा । ओखलढुंगामा विराज समाज,सिद्धचरण नगरपालिका र सिद्धचरण नगरपालिका वडा नं। ७ विगुटारले अमेरिकन नागरिक डा.पिटर होज प्रिण्डलाई सम्मानित गरेको छ ।
मानवशास्त्र÷समाजशास्त्र विषयमा विद्यावारिधिको शोधको सिलसिलामा ओखलढुङ्गा जिल्लाको बिगुटारमा सन् १९७०–१९७२ सालसम्म बसेका पिटरले शोध पूरा गरेर गएपछि पनि विगुटार गाउँको दयनीय स्थिति देखेर करिब दुई सय विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक सहयोग प्रदानगर्दै आउनु भएको छ ।

डा.पिटर यिनै योगदानको उच्च कदर गर्दै विराज समाज तथा सिद्धिचरण नगरपालिकाले सम्मान गरेको हो । सिद्धिचरण नगरपालिकाले कार्तिक ७ गते आयोजना गरेको सम्मान कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद यज्ञराज सुनुवारले डा।पिटरले निरन्तर नेपाल र नेपालीका लागि गर्नु भएको स्नेह,सहयोग र योगदानको स्मरण गर्नु भयो ।

साँसद सुनुवारले विराज समाजले डा। पिटरलाई ओखलढुंगासम्म ल्याएर सम्मान गरेकोमा आभार तथा धन्यवाद समेत प्रकट गर्नु भयो । कार्यक्रममा प्रदेश साँसद मोहन खड्का, सिद्धिचरण नगरपालिका कार्यकारी अधिकृत भोजराज खतिवडा, वडा नं। ७ का वडाध्यक्ष बमबहादुर राईले डा।पिटरको बारेमा चर्चा गर्नु भएको थियो ।

विराज समाजले डा।पिटरको सम्मानसँगै विराज पिटर हाजिरी जवाफ प्रतियोगिता कातिक ६ गते विगुटार मा।वि।विगुटार ओखलढुंगामा सम्पन्न गरको छ । कार्यक्रमका प्रमुख अतिथि मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले प्रतियोगितामा प्रथम हुने रुम्जाटार मा।वि।रुम्जाटार, दितीय हुने पुन्यमाता मा।वि।वेतिनी, तृतीय हुने लालीगुराँश मा।वि।ओखलढुंगा र चौथो हुने चम्पादेवी मा।वि।ज्यामिरेलाई क्रमश १५ हजार , १० हजार ,पाँच हजार र तीन हजार नगद पुरस्कार तथा विजेता विद्यालयलाई प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियो । प्रतियोगितामा सहभागी दश विद्यालयलाई सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।


डा।पिटर होज प्रिन्डलको सम्मान तथा हाजिरी जवाफ प्रतियोगिताका लागि समाजका अध्यक्ष रामप्रसाद दाहाल, निवर्तमान अध्यक्ष दिनेशकुमार मगर, सल्लाहकारहरु प्रा।मुकुन्दराज दाहाल, सुमन दाहाल र कानूनी सल्लहकार केशव दाहाल , आजीवन सदस्य हरिहर दाहाल, सचिव राजेन्दप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, वरिष्ठ लोकगायक माधवप्रसाद दाहाल, भलबहादुर कटवाल, गजाधर दाहाल, कमलप्रसाद दाहाल, सरस्वती दाहाल, सीता सुवेदी, लिलानाथ दाहाल, आशिस दाहाल सहित २८ जना महानुभावहरु काठमाण्डौबाट ओखलढुंगा आउनु भएको थियो ।


कार्यक्रममा विराज समाजले अमेरिकन नागरिक डा. पिटर होज पिन्डलको सम्मानमा स्थापना भएको विराज पिटर शिक्षा कोष तथा समाजका आजीवन सदस्य हरिहर दाहालको विशेष योगदानमा विराज क्षेत्र तथा सिद्धिचरण नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको समाजका अध्यक्ष रामप्रसाद दाहालले जानकारी दिनु भयो ।

समाजले विराज पिटर हाजिरी जवाफ प्रतियोगिताका सम्पन्न गर्नु समाजका सल्लाकार प्रा। मुकुन्दराज दाहालको संयोजकत्वमा समाज सल्लाहकार विनोद दाहाल, माधवप्रसाद दाहाल, नारायण सापकोटा र जयप्रसाद दाहाल सदस्य रहेको समिति समेत गठन गरेको थियो । सहआयोजकको रुपमा विराज पिटर हाजिरी जवाफ प्रतियोगितको स्थानीय व्यवस्थापन विगुटार मा।वि।ले गरेको थियो । विराज समाजले विराज क्षेत्रमा हरेक वर्ष आयोजना गर्ने आफ्ना नियामित कार्यक्रमहरु पनि सोही कार्यक्रममा सम्पन्न भएको छ भने लोकगायक माधबप्रसाद दाहालले गाउनु भएका केही गीतहरुको छायांकन समेत गरिएको थियो ।