नेकपाद्वारा कास्की २ को उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस


हरेकपल October 25, 2019

काठमाडौं, ८ असाेज । सत्तारुढ दल नेकपाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि साे क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।

बुधबार मात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि रजनी केसीको नाम सिफारिस गरेको छ । केसी दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी हुन् ।