नेपाल–बंगलादेश मैत्री सम्बन्धका लागि साहित्य


हरेकपल October 26, 2019

ढाका, ९ असोज । नेपाल र बंगलादेशबीच रहिआएको मित्रतालाई अझ सुदृढ तुल्याउन साहित्यिक सम्बन्ध प्रभावकारी माध्यम बन्न सक्ने कुरा बंगलादेशमा आयोजित एक समारोहमा व्यक्त गरियो । बंगलादेशका पात्रकारको संस्था युनिटी फर यङ जर्नलिस्टद्वारा गत कार्तिक ४ गते राजधानी ढाकामा सो समारोहको आयोजना गरिएको थियो ।

समारोहका प्रमुख अतिथि एवं बंगलादेश सुप्रिम कोर्टका न्यायाधीश एस.एम. मोजिब्बर रहमानले यस्ता अन्तक्रियाका माध्यमबाट नेपाल बंगलादेशबीचको सम्बन्ध अझै दरिलो बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । दुवै देशको राष्ट्र्यिगान पालैपालो बजाएर आरम्भ गरिएको उक्त कार्यक्रम युनिटी फर यङ जर्नालिस्टका सल्लाहकार एवं बंगलादेश ह्युमन राइट कमिसनका वरिष्ठ डेपुटी गभर्नर अल हज अख्तर जालामको सभापतित्वमा सम्पन्न भएको थियो ।

समारोहमा नेपाली लेखक संंघ मोरङका अध्यक्ष गोकुल अधिकारीले नेपाल बंगलादेश साहित्यिक अन्तरसम्बन्ध विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपालका तर्फबाट त्रिविका प्राध्यापक डा. मुकुन्द शर्मा र राइटर इन्टरनेसनलका उपाध्यक्ष राजेन्द्र गुरागाईंले मन्तव्य राख्नुभएको थियो ।

यङ फर जर्नलिस्टका महासचिव इम्दाद तैयबले बंगलादेशका लेखक र पत्रकारले नेपालका साहित्यकारसँगको मित्रतालाई फराकिलो बनाउन चाहेको उल्लेख गर्दै यसका लागि अनुवादकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समारोहमा नेपालबाट आमन्त्रित स्रष्टाहरु राजेन्द्र गुरागाईं, गोकुल अधिकारी , डा. मुकुन्द शर्मा र देवा अधिकारीलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा बंगलादेश, भुटान र भारतका कविहरुले कविता वाचन गरेका थिए ।