लक्ष्मीपूजाको महिमा र अष्टलक्ष्मी


हरेकपल October 27, 2019


नरायणप्रसाद निरौला
ज्योतिषाचार्य

कार्तिक कृष्ण औँशीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । भगवती आद्यमातृशक्ति हुन् । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।


विशेषतः भगवती लक्ष्मीका आठ रूप रहेका छन् ।
१) आद्य लक्ष्मी महालक्ष्मी हुन् । यिनको पहिलो अवतार भृगु ऋषिकी छोरीको रूपमा भएको थियो ।
२) धन लक्ष्मी
धन र वैभवबाट परिपूर्ण गर्नेे वाली लक्ष्मी को एक रूप धन लक्ष्मीकोे हो । भगवान विष्णु पनि एकपटक कुबेरसँग धन उधारो लिनु परको थियो । उक्त समयमा धनलक्ष्मीले नै उक्त ऋणबा मुक्त गराएको कथा पाइन्छ ।
३) धान्य लक्ष्मी
अन्नकी देवीलाई धान्यलक्ष्मी भनिन्छ । अन्न अनाजबाट प्राप्त हुने धनकी देवी धान्यदेवी हुन् । अन्नादि वस्तुको कल्याण गर्ने देवीका रूपमा धान्यदेवीलाई पूजा गरिन्छ ।
४) गज लक्ष्मी
पशु धनकी देवी गजलक्ष्मी हुन् । गजलक्ष्मीले भगवान् इन्द्रलाई सागरको गहिराइबाट धन झिक्न धनलक्ष्मीले मद्दत गरेको कथा पाइन्छ । पशु धनकी देवीको रूपमा गजलक्ष्मीको पूजा आराधना गरिन्छ ।
५) सन्तान लक्ष्मी
सन्तनको रक्ष ागर्नेवाली देवी सन्तान लक्ष्मी हुन् । सन्तानलाई पनि धन मानिन्छ । विशेषतः यिनी बाल बच्चाकी देवी हुन् । आयु प्रदान गर्ने देवीका रूपमा पनि यिनको आराधना गरिन्छ । दुई घोडा, एक तरवार, एउटा ढाल, दो घड़े , दुई हात अभय मुद्रा प्रदान गर्नेबाली लक्ष्मीको काखमा एक बच्चा रहेको पाइन्छ ।
६) वीरा लक्ष्मी
यसद्धमा शक्ति प्रदान गर्ने देवी वीरा लक्ष्मी हुन् । शक्ति रूपी धनकी देवीका रूपमा पनि यिनको उपासना हुने गर्दछ । वीरता प्राप्तिका निम्ति पनि यिनको उपासना हुने गर्दछ ।
७) विजया लक्ष्मी वा जाया लक्ष्मी
विजयाको अर्थ जीत हो । विजया लक्ष्मी जीतकी प्रतीक हुन् । जसलाई जाया लइमी पनि भनिन्छ । रातो वस्त्र लगाएकी, कमलको आसमा विराजमान हातमा हतियार धारण गरेकी विजया लक्ष्मीको स्वरूप बताइएको छ ।
८) विद्या लक्ष्मी
विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला,साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । कमलमा बसेकी,चारहात भएकी, सेतो वस्त्र धारण गर्ने, दुई हातमा कमल र दुई हात वर मुद्रा प्रदान गर्ने देवीको स्वरूप बताइएको छ ।


सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।