प्रधानमन्त्री स्वदेश फिर्ता


हरेकपल October 27, 2019

कात्तिक १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किएका हुन् ।

कतार एयरवेजको नियमित उडानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका प्रधानमन्त्री ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका थिए ।

सम्मेलनको दौरानमा उनले विभिन्न सत्रहरूमा सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका थिए ।