श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ११ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको औँसी तिथि बिहान ९।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र राति ३।१४ बजेसम्म रहनेछ । यसैगरी आज प्रीति योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१२ मा छ भने सूर्यास्त बेलुका ५।२२ बजे हुनेछ ।
चन्द्रमा आज तुला राशिमा छन् । आज र्गाईतिहार अन्तर्गत गाई गोरुको पूजा हुने गर्दछ । आज गोबलि पूजा, म्हपूजा पनि गरिन्छ । यसैगरी आज सोमबारे आँैसी परेको छ । पितृप्रति श्रद्धाभक्तिपूर्वक स्नान, तर्पण, दान, ब्राह्मण भोजनादि कार्य पनि आज शुभ रहन्छन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्