वचनको वाण कति घातक हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल October 30, 2019

रोहति सायकैर्विद्धं छिन्नं रोहति चासिना ।
वचो दुरुक्तं बीभत्सं न प्ररोहति वाक्क्षतम् ।।
–पञ्चतन्त्र

वाणले लागेको घाउ परिन्छ, तरवारले काटेको घाउ निको हुन्छ तर कठोर वाणीले लागेको घाउ कहिल्यै निको हुँदैन ।


विष्णुशर्माले वचनको वाण अत्यन्त चोटिलो हुने धारण व्यक्त गरेका छन् । वाणले लागेका घाउ पुरिन सक्छन्, तरबारको चोट मेटिनसक्छ तर वचन रूपी वाणले बनाएको घाउ सदा बल्झिरहन्छ । कहिल्यै निको हुँदैन । अतः अत्यन्त घातक हुने भएकाले वचनका वाण कसैलाई पनि प्रहार गर्नुृ हुँदेन भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –