राष्ट्रिय क्रिकेट टिमको कप्तानमा मल्ल


हरेकपल October 30, 2019


१३ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानी अब ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई यो जिम्मेवारी दिएको हो ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो ।

पारसकै टीममा ज्ञानेन्द्रले उपकप्तानको भूमिका विगत एक दशकदेखि निर्वाह गर्दे आएका थिए ।