श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १४ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको चतुर्थी तिथि राति ४।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र राति १।३७ बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१४ मा छ भने सूर्यास्त बेलुका ५।१९ बजे हुनेछ ।
चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज बिहीबार दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्