खोटाङको आर्खौलेमा बस दुर्घटना


हरेकपल October 30, 2019


कार्तिक १३, काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा आज बस द्र्घटना भएको छ । दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले जनाएका छन् । उनका अनुसार १४ मध्ये दुईजना भने सामान्य घाइते छन् ।

बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । दुर्घटना कसरी घट्यो भन्ने बारे केही खुलन सकेको छैन ।