मूर्ति विसर्जन विवाद: कृष्णनगरमा एकजनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु


हरेकपल October 31, 2019

कृष्णनगर, १४ कात्तिक । कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको मृत्यु भएको बताइएको छ ।

लक्ष्मी माताको मूर्ति विसर्जन विवादले उग्ररुप लिएपछि कृष्णनगरमा कर्फ्यू जारी गरिएको छ । लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच भएको झडपले उग्र रुप लिएपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको हो ।

यसअघि झडप नियन्त्रणमा लिन प्रहरीले चार दर्जन भन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो। त्यसक्रममा दश जना घाइते भएको बताइएको छ ।