कार्तिक १४, काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका ९ ददल्का काबरोड भन्ने स्थानमा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बुधबार साँझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको पिकप भ्यान दुर्घटनमा परेको हो । दुर्घटनामा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनिया विक, २६ वर्षीय विष्णु विक र चालक ३० वर्षीय ज्ञानबहादुर विक रहेका छन् ।
घाइतेहरु सबैलाई उपचारका लागि बाग्लुङ्गको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जीपमा चालकसहित ६ जना थिए ।