रुम्जाटारले पर्यटक लोभ्याउदै


हरेकपल October 31, 2019

कार्तिक १४, काठमाडौँ । प्रदेश नं १ को ओखल्ढुुङगाको सिद्धिचरण नगरपालिकामा पर्ने रुम्जाटार यसको प्राकृतिक, सांस्कृतिक र भौगोलिक सुुन्दरताको हिसाबले निकै लोकप्रिय छ । रुम्जाटार वरिपरिका डाँडाबाट निकै मनमोहक र आकर्षक देख्न सकिन्छ ।


यो क्षेत्र घुुम्न र हेर्नका लागि काठामाडौं लगायत देशका विभिन्न ठाँउबाट पर्यटकहरुको ओइरोनै लाग्ने गर्दछ । यहाँको संस्कृति, उत्कृष्ट होटलहरू, विमानस्थल, बेलाबेलामा भइरहने खेलकुुद तथा पर्यटकहरुलाई गरिने मिठो आतिथ्यताले जो कोहिलाई पनि लोभ्याउने गर्दछ ।


यस क्षेत्रमा सिधै हवाइजहाज समेत जाने भएकोले आन्तरिक पर्यटनका लागि यो क्षेत्र क्रमश आकर्षकको केन्द्र बन्दै गएको छ ।


घुमिफिरि रुम्जाटार भन्ने लोकोक्तिले प्रख्या यो स्थान राडी पाखीले पनि प्रसिद्ध छ ।