आज शुक्रबार, पञ्चमी तिथि हेर्नुहोस् आजको दिन २०७६ कार्तिक १५ गते


हरेकपल November 1, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १५ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको पञ्चमी तिथि राति ४।१० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र राति १।५७ बजेसम्म रहनेछ । यसैगरी आज अतिगण्ड योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१५ मा छ भने सूर्यास्त बेलुका ५।१८ बजे हुनेछ ।


चन्द्रमा आज धनु राशिमा छन् । आज पञ्चमी तिथि नागदेवताको पूजा शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्