वॄत्तं यत्नेन संरक्ष्येद् वित्तमेति च याति च ।
अक्षीणो वित्ततः क्षीणो वॄत्ततस्तु हतो हतः ।। – विदूरनीति
सदाचारलाई सदा संरक्षण गर्नुपर्दछ । धन त आउँछ जान्छ तर सदाचार हराएपछि त्यो फर्केर आउँदैन ।
वृत्त भनेको आचरण, शील, गुण वा इज्जत हो । यसको सदा संरक्षण गर्नुपर्दछ । हामी सदा धनको पछाडि लागिरहेका हुन्छौँ । तर धन भन्दा पनि इज्जत वा सदाचार ठूलो हो । सदाचारलाई नै जीवनमा संरक्षण गर्न सक्नुपर्दछ । धन भनेको आँउछ पनि जान्छ पनि । यसको अन्वय व्यतिरेक भइरहन्छ । तर इज्जत एकपटक गएपछि पुनः प्राप्त हुँदैन । त्यसैले आफ्नो गुण, धर्म, सदाचार वा शीललाई सदा संरक्षण गर्न सक्नुपर्दछ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –