महरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइने


हरेकपल October 31, 2019

कार्तिक १४, काठमाडौँ । आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ ।


सरकारी वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी नूमराज खनालले
उक्त निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार महरामाथि आजै अदालतमा मुद्दा दर्ता हुनेछ ।

गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।