प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने ग्राण्डी अस्पतालकाे निर्णय


हरेकपल October 31, 2019

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले आज डिस्चार्ज गर्न लागिएको ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिएका  छन् । 

अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने. ‘प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाइसिस सकिएको छ । उहाँलाई आज डिस्चार्ज गर्ने निर्णय भएको छ ।’