नितम्बैबाट करोडौं कमाउने युवती


हरेकपल November 1, 2019

एजेन्सी । नितम्बकै कारण यति धेरै कमाइ गर्ने युवती रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छिन् ।


प्लाष्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ । उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।