आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसङ्कटे ।
राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धवः ।। –चाणक्य
विरामी हुँदा, दुःख पर्दा, अनिकाल पर्दा शत्रु भय हुँदा, राजासँग निसाफमा जाँदा र मसानघाटमा जो साथ रहन्छ वास्तवमा त्यो नै बन्धु हो । सच्चा आफन्त हो ।
जसले दुःखमा साथ दिन्छ त्यो नै वास्तवमा आफन्त हो । विशेषगरी दुःखपरेका बेला अप्ठ्यारोमा साथ दिने जिउँदाका जन्ती मर्दाका मलामी नै आफन्त हुन् । चाणक्यले पनि सोही कुराको पुष्टि गरेका छन् । आपत् परेका वेला जसले साथ दिन्छ त्यो सच्चा आफन्त हो । यसैगरी विरामी पर्दा, अनिकाल हुँदा, शत्रु वा चोरको भय हुँदा, निसाफ खोज्न जानु पर्दा र मलाम जानु पर्दा साथ दिने व्यक्ति नै बन्धु हुन् । यस्ता कार्यमा सहयोग गर्न नसक्ने व्यक्ति आफन्त हुन सक्दैनन् भन्ने चाणक्य नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –