समाजसेवी विद्यादेवी श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम


हरेकपल November 3, 2019

-विजय राई-

धनकुटा । धनकुटाका अग्रज पत्रकार तथा नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य समाजसेवी विष्णुमान श्रेष्ठको धर्म पत्नी र यूवा व्यावसायी बिपुलमान श्रेष्ठ,धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लमान श्रेष्ठ र समाजसेवी निलु श्रेष्ठकी आमा समाजसेवी विद्यादेवी श्रेष्ठको सम्मानमा हिजो धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरी परिवारजनमा समवेदना प्रदान गरिएको छ ।


नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु निर्मल ओझा,सुमना तिम्सिना,नेपाल तरुण दल धनकुटका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोंग,कोषाध्यक्ष पूर्ण कुमार चौधरी लगायतले समाजसेवी स्वर्गीय विद्यादेवी श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा उहाहरुले अग्रज पत्रकार तथा नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य विष्णु मान श्रेष्ठ लगायत परिवारजनलाई समवेदना पत्र समेत प्रदान गर्नु भएको थियो । नेपाली कांग्रेस धनकुटा लगायत विभिन्न संघ संस्थाहरुको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
धनकुटा नगरपालिका वडा नं. ७ निवासी समाजसेवी स्वर्गीय विद्यादेवी श्रेष्ठको पती धनकुटाका अग्रज पत्रकार तथा नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य समाजसेवी विष्णुमान श्रेष्ठ, छोराहरु यूवा व्यावसायी बिपुलमान श्रेष्ठ र धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल तरुण दल धनकुटा ७ का अध्यक्ष बिप्लमान श्रेष्ठ वुहारीहरु,नाति नातिनिहरु र छोरी समाजसेवी निलु श्रेष्ठ हुनुहुन्छ ।