काठमाडौं, १७ कात्तिक । दोलखाको मागे देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुुबस आज दिउँसो सुकुटेस्थित सुनकोशी नदीमा बस खसेर दुर्घटना भएको छ ।
सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेकाअनुसार दुर्घटनामा ३ महिलासहित ४ जनाको मृत्यु भएको छ । घाइते १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा लगिएको छ । बा.२ ख. ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो। विस्तृत विवरण आउन बाँकी..