काठमाडौं, १७ कात्तिक । दोलखाको मागे देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुुबस आज दिउँसो सुकुटेस्थित सुनकोशी नदीमा बस खसेर दुर्घटना भएको छ । दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ। सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भने भइसकेको छैन ।
दुर्घटनामा परी घाइते हुनेहरुको संख्या यकिन भइसकेको छैन। बा.२ ख. ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो।