आज पाँच बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै


हरेकपल November 3, 2019

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो पटक आकस्मिक मन्त्रिपरिषद् बैठक डाक्नुभएको छ । उहाँले पाँच बजेका लागि बैठक डाक्नुभएको हो ।

यसअघि विहान मात्र बसेको मन्त्रिपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस सहयोगी प्रेस सहयोगी चेतन अधिकारीकाअनुसार पछिल्लो समय मन्त्रिपरिषद्का बैठक निकै छोटो समय बसेका कारण कतिपय एजेण्डामा निर्णय हुन नसकेकोले त्यस्ता एजेण्डामा छलफल गर्न आजै दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।