न प्रहृष्यति सन्माने नापमाने च कुप्यति ।
न क्रुद्धः परुषं ब्रूयात् स वै साधूत्तमः स्मृतः ।। –मनुस्मृति
जो सम्मानबाट गर्व गर्दैन, अपमानबाट क्रोधित भए पनि रुखो बोली र व्यवहार गर्दैन सोही नै श्रेष्ठ व्यक्ति हो ।
समभाव राख्ने व्यक्ति नै वास्तवमा उत्तम पुरुष हो । जो सम्मान गर्दा पनि गर्व मान्दैनन् र अपमानमा पनि क्रोधित बन्दैनन् यस्ता व्यक्तिलाई मनुले उत्तम पुरुषको संज्ञा दिएका छन् । हरेक परिस्थितिलाई पर्घेल्न सक्ने सबैप्रति समान व्यवहार गर्ने व्यक्ति नै वास्तवमा योगी हो, उत्तम पुरुष हो भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –