सबै प्रदेश प्रमुख हटाइए, विवेकहीन सत्ताको उन्माद : तुम्वाहाङ


हरेकपल November 3, 2019


काठमाडौं, १७ कात्तिक । सातै प्रदेशका प्रदेश प्रमुखलाई सरकारको सिफरिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको छ ।


कार्तिक १७ गते बसेको मन्त्रीपरिषदले पूर्ववर्ती सरकारले ०७४ मा नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई कम्युनिष्ट सरकारले हटाउन सिफारिस गरेको केही घण्टामा नै राष्ट्रपतिले पदमुक्त गरेको सार्वजनिक जानकारी दिइएको छ ।


पदमुक्त भएको सूचना पाउनु भएका १ नं. प्रदेशका प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङले हरेक पल अनलाइनसंगको टेलिफोन कुराकानीमा भन्नुभयो : ‘‘वर्तमान सरकार निरंकुश कम्युनिष्ट चिन्तनबाट ग्रस्त छ र यसले विवेकहीन निर्णयहरु गर्दै गएको छ । त्यसैको श्रृंखला हो यो । यो विवेकहीन सत्ताको उन्माद हो ।’’