कस्ता व्यक्तिलाई आक्षेप लगाउनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल November 5, 2019

रूपद्रविणहीनांशय सत्त्वहीनांश्च नाक्षिपेत् । –महाभारत, अनुशासनपर्व। १०४।३५


रूप, धन र बलले हीन व्यक्तिलाई आक्षेप लगाउनु हुँदैन ।


हरेक कार्यमा हाम्रो बानी नै हुन्छ कि आक्षेप वा वाञ्छना लगाएर मनोरञ्जन गर्ने । यसैगरी कुनै वस्तु हराए र विग्रिए भने पनि हामी आक्षेप तुरुन्त नै लगाइहाल्छौँ । तर आक्षेप लगाउनुपूर्व व्यक्तिको पहिचान गर्नुपर्दछ । सबैलाई आक्षेप सहसा लगाुनुहुँदैन भन्ने महाभारतको वचन पाइन्छ । विशेष गरी रूप, धन र बलले हीन व्यक्तिलाई आक्षेप नलागाउनू भनिएको छ । किनिकि यस्ता व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुन्छ र आक्षेपले नकारात्मक असर पर्नसक्नछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –