महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


हरेकपल November 4, 2019

कार्तिक १८, काठमाडौँ । शारिरीक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारिरीक हिंसा गरेको अभियोग उनलाई लागेको थियो ।

यसैगरी अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको छ ।