–मोहनकुमार राई-
संखुवासभा। भोटखोला गाउपालिका वडा नंं २ चेपुवाको घट्टे खोलाबाट ५ किलो सुन सहितआसोज २७गते पक्राउ परेकातोप्चेन भोटेको बयानको आधारमा खाँदवारीबाट थप २ जनापक्राउ परेका छन् ।
चीनको किमाथांका नाका हुँदै अवैध रुपमा लुकाइ छिपाई नेपालतर्फ ल्याउँदै गरेको ५ किलो सुन तस्करी गरेको आरोपमा भोटखोलागाउपालि वडा नं. २ का ६० वर्षका जर्गा भोटे र ३२ वर्षका छयाङ्ग रिन्जिन भोटेलाई पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्लाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुन सहित पक्राउ परेका तोप्चेन भोटेलाई प्रहरीले सार्वजनिक गरी आवश्क अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाएको थियो । चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट, छुर्पी, चक्लेट फेलापारेको थियो । झोला मानिलो रङको पट्याएर राखेको ज्याकेटको गोजी भित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थानटील सुन फेला पारेको थियो । ५ किलो सुन तस्करीमा संम्लग्न भएको आरेपमा पक्राउ परेका दुवै जनालाई अनुसन्धानको लागि राजश्व विभाग हरिहर भवनपल्चोक, ललितपुर पठाइसकेको प्रहरीले जनाएको छ । भोटेको साथबाट अवैध ५ किलो सुन नै भएको राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरले प्रमाणित गरिसकेको छ ।