जंगलीभालुको आक्रमणबाट घाइते उपचारको लागि काठमाडाैँ लगियो


हरेकपल November 5, 2019

-मोहनकुमार राई-

संखुवासभा । टिमुर टिप्न जंगलमा गएका मकालु गाउँपालिका वडा नंं २ कादावानुर्बु शेर्पा भालुको आक्रमणमा परेका छन् । लाक्पा ठागु शेर्पाको छोरा दावानुर्बु शेर्पा आइतवार जङ्गलमा टिमुर टिप्न गएको वेला जङ्गली भालुको आक्रमणमा पर्दा टाउको, खुट्टामा चोट लागेको थियो ।

घाइते शेर्पालाई मकालु स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सोमबार मनाङ एयरको हेलिकप्टरबाट थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्लाप्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मकलु बरुण राष्ट्रिय निकुञ्ज नजिक रहेकाले यस क्षेत्रमा हरेक वर्ष जङ्गली जनावरको आक्रमणमा पर्ने गरेका छ ।