समाजसेवी प्रति श्रद्धाञ्जली र परिवाजनमा समवेदना


हरेकपल November 5, 2019

विजय राई-

धनकुटा १९ कार्तिक । धनकुटा नगरपालिका वडा नं. ९ समाजसेवी मोहन वस्नेत,ज्ञान वस्नेत,दुर्गा वस्नेत,तथा नेपाली कांग्रेसका क्रियाशिल सदसय तिलक वस्नेतका आमा ,नेपाल तरुण दल धनकुटाका नेता रत्न वस्नेतका हजुर आमा हिम माया वस्नेतको हालै निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज समवेदना व्यक्त गरेको छ ।


७९ बर्षको उमेरमा निधन हुनु भएका धनकुटा नगरपालिका वडा नं. ९ बेलहाराका समाजसेवी हिम माया वस्नेतको मुलघाट स्थित तमोर नदीमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय आमा हिम माया वस्नेत प्रति अन्तिम श्रद्धाञ्जली नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य निर्मल ओझा,रंगलाल रोईला,तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,धनकुटा गनरपालिका वडा नं. ९ का वडाध्यक्ष संदिव रायमाझीलगायतका स्थानीय जनप्रतिनिधिहरु,नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ९का सभापति प्रेम खत्री,वडा अध्यक्षको उम्मेदवार सितराम न्यौपाने,पूर्व सभापति गखड् न्यौपाने ,नेपाल शिक्षक संघ धनकुटाका सदस्य इश्वरी सुवेदी लगायत आफन्तजन,मलामी जनले अन्तिम श्रद्धाञ्जली दिई परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।