काठमाडौँ, १९ कात्तिक । भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएकोमा राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सो भुभाग भारतले अनधिकृत रूपमा कब्जा गरेकोमा नेपालले विगत देखि नै निरन्तर विरोध गर्दै आएको छ । नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य छ । आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राप्रपा सरकारसंग माग गर्दछ । जारी विज्ञप्तिमा भनिएको छ ।
साथै यस कार्यको कुटनैतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न नेपाल सरकारसँग गम्भीर ध्यानाकर्षण भएको पनि जानाएको छ ।
