अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते


हरेकपल November 6, 2019

अर्घाखाँची, २० कार्तिक । अर्घाखाँचीको सन्धिखर्क नजिक नरपानीमा कार दुर्घटना भएको छ । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको खबर छ ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जादै गरेको बा १७ च ६९१७ नम्बरको कार आज बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।