न्यायमा पहुँच अभिबृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री ढकाल


हरेकपल November 6, 2019

कार्तिक २०, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आर्थिकरूपले विपन्न नागरिक, सीमान्तीकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिबृद्धि गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि सी मा विश्व बैंक समूहद्वारा नोभेम्वर ४ देखि ७, २०१९ सम्म आयोजना भएको ‘कानून न्यय र विकास सप्ताह २०१९’ को पहिलो दिन अर्थात ४ नोभेम्वरमा सम्पन्न न्याया व्यवस्थापनमा प्रविधि िविषयमा नेपालको तर्फबाट धारणा राख्दै मन्त्री ढकालले उक्त धारणा राखेका छन् ।

न्यायपालिकामा सूचना तथा प्रविधिको प्रयोगको वर्तमान अवस्था र सामना गर्नु परेको चुनौतीहरुको बारेमा सम्बोधन गर्दै मन्त्री ढकालले अदालतमा सूचना प्रविधिको क्षेत्रमा गर्नु पर्ने आवश्यक पूर्वाधार तथा जनशक्ति विकासको लागि विश्व बैंकसँग मिलेर सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको धारणा समेत व्यक्त गरेका छन् ।


उक्त शत्रमा विभिन्न २५ वटा देशका कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश तथा महान्यायाधिवक्ता लगायतका विशिष्ट महानुभावहरू समेत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।