कास्की २ बाट कांग्रेसका त्यागी र सरल नेता खेमराज पौडेल उठ्ने


हरेकपल November 6, 2019

काठमाडौ २० कार्तिक । अन्ततः नेपाली कांग्रेसले कास्की २ को उपनिर्वाचनमा अत्यन्त त्यागी र सरल नेता खेमराज पौडेललाई उमेदवार वनाउने निर्णय गरेको छ । यसअघि धनराज गुरुङलाई उठाउने प्रस्ताव सभापति देउवाले गरेपनि रामचन्द्र पौडेलका तर्फबाट असहमति जनाइएको वताइएको छ । पौडेलले ०७४ को निर्वाचनमा रवीन्द्र अधिकारीसंग केही मतान्तरले पराजय भोग्नु परेका देवराज चालिसेलाई प्रस्ताव गर्नुभएको थियो ।

तर यी दुवै प्रस्तावमा सहमति हुननसकेपछि खेमराज पौडेलमा सहमति भएको हो । निर्दलीय पंचायतकालमा सशक्तरुपमा पार्टी संगठनमा योगदान दिनुभएका र अनेक आरोहअवरोह भोग्नुभएका पौडेलको चयन पुरानो र त्यागी पुस्ताको सम्मान मानिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले रवीन्द्र अधिकारीकी श्रीमति विद्या र विवेकशील साझा पार्टीले रजनी केसीलाई यसअघि नै उमेदवार तोकिसकेका छन् ।