भारतीय नक्साप्रति आपत्ति जनाउँदै विरोध र्याली


हरेकपल November 6, 2019

कार्तिक २०, काठमाडौँ । भारतले नक्सामा नेपालका भूभागलाई पनि समोश गरेपछि राजधानीमा विरोध र्यारी सुरु हुन थालेका छन् । भारत सरकारले भर्खरै जारी गरेको भारतको नक्सानमा महाकाली नदीलाई घुमाएर नेपालका भूभाग पनि भारतको नम्क्सामा समावेश गरिएको छ ।

भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् । यही क्रममा बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् ।

उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरेका छन् ।