लिपुलेक हाम्रो हो भन्दै प्रतिपक्षी विद्यार्थी सडकमा


हरेकपल November 6, 2019

काठमाडौं, २० असोज । भारतले नेपाली भू–भागलाई आफ्नो नक्सामा समेटेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसआबद्ध विद्यार्थीले बुधबार सडक आन्दोलन गरेका छन् ।

भारतले केही दिनअघि सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतीय भूभागका रूपमा समावेश गरेपछि प्रतिपक्षी दलका विद्यार्थी आन्दोलित भएका हुन् ।

भारतीय पक्षले नेपाली भूभागलाई कब्जाको शैलीमा आफ्नो नक्सामा समेटिएको भन्दै नेविसंघका पूर्वउपाध्यक्ष सागर परियारको नेतृत्वमा भृकुटीमण्डप र पूर्वकेन्द्रीय सदस्य प्रेम शाहीको नेतृत्वमा भारतीय दूतावासनजिक लाजिम्पाटबाट प्रदर्शन गरेक छन् ।

आन्दोलनमा सहभागीले लिपुलेक हाम्रो हो, भारतीय हस्तक्षेप बन्द गर, नेपाल–भारत खुला सीमा बन्द गर लगायतका नारा लगाएका थिए ।