कालापानी खोज्दै नेविसंघको प्रदर्शन


हरेकपल November 7, 2019

-नरेन्द्र खनाल-

काठमाडौँ, २१ कार्तिक । भारतले नेपालको भुुमि लिम्पियाधुरा, लिपुुलेक र कालापानीलाई आफ्नो देशको नक्सामा समावेश गरेको बिरोधमा आज त्रिचन्द्र कलेजका पूूर्ब स्ववियू सभापति दीपक भट्टराईको नेतृत्वमा नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेको छ । प्रदर्शनमा विद्यार्थीहरुले भारत बिरुद्ध चर्को नारा लगाउदै आक्रोश पोखेका थिए ।

सो सन्दर्भमा त्रिचन्द्र कलेजका पूूर्व स्ववियूू सभापति दीपक भट्टराईले हरेकपल डट कम सँग कुुरा गर्दै भारतले नेपालको सिमालाई आफ्नो भूमिमा गाभ्दा पनि सरकारलाई कुुनै चासो नभएको आरोप लगाउनुुभयो । भट्टराईले भारतले तत्काल नेपालको भूमिलाई आफ्नो नक्साबाट नहटाए नेपालभरी भारत बिरोधी अभियान चलाउने चेतावनी दिनुुभयो ।

त्यस्तै पशुुपति बहुुमुुखी क्याम्पसका नेविसंघका नेता चन्द्र थापामगरले नेपालको राष्ट्र र राष्ट्रियताका लागि आफुहरु ज्यान दिन तयार रहेको बताउनुुभयो । हरेकपल डट कम सँग कुुरा गर्दै उहाँले सरकारले नेपालको भुुमि फिर्ता गर्न सक्रियता नदेखाए कालापानी र लिपुुलेक लगायत भारतले सिमा मिचेको अन्य ठाँउमा पुुगि नेपालको झण्डा गाड्ने चेतावनी दिनुुभयो ।

सरकारले तत्काल उत्पन्न प्रतिक्रियालाई शान्त पार्न लिम्पियाधुरा, लिपुुलेक र कालापानीका विषयमा हस्ताक्षर विनाको अत्यतै हल्का र जिम्मेवारविहिन विज्ञप्ति जारी गरे पनि सशक्त प्रतिक्रिया दिने र भारतसंग ठोस उत्तर माग्ने काम गरेको छैन ।