पुण्यं प्रज्ञा वर्धयति क्रियमाणं पुनः पुनः ।
वृद्ध प्रज्ञः पुण्यमेव नित्यम् आरभते नरः ।। – विदुर नीति
नित्य पुण्यकर्म गर्ने व्यक्तिको विवेकमा वृद्धि हुन्छ । जसको विवेककमा वृद्धि हुन्छ उसले नित्य पुण्यकर्म नै गरिहन्छ ।
अरुको भलो हुने र आफ्नो पनि कल्याण हुने कार्यलाई पुण्यकर्म भनिन्छ । सत्कार्य गर्नाले विवेककमा वृद्धि हुन्छ । जो सत्कार्य गर्दैनन् यस्ता व्यक्तिको बुद्धिमा पनि दूषित तत्त्वले वास गरेको हुन्छ । अतः सदा सबैको कल्याणका निम्ति र बुद्धितत्त्वको विकासका निम्ति पनि सदा पुण्यकर्म गर्नुपर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –