सहकारीनै समाजवादको आत्मा हो


हरेकपल November 9, 2019

– बेनीबहादुर कार्की –

अहिले हाम्रो बुझाइमा ०४८ /०४९ सालदेखि नेपालमा सहकारीको संख्या धमा–धम वृद्धिभइ रहेको भएपनि सहकारीको स्थापना भने ०१६ सालमा वि.पि.कोइरालाको प्रथम जननिर्वाचित प्रजातान्त्रिक सरकारको पालामा भएको हो । माहामानव वि.पि कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएपछि प्रजातन्त्र सफल बनाउन समाजवादको अपरिहार्यतामा जोडदिंदै उहाँको सरकारले पहिलो पटक सहकारीको अवधारणा ल्याएको थियो । तर त्यो सरकारको आयु १६ महिनापनि नपुग्दै तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रलाई हठात अपहरण गरेर नेपालमा निरंकुश पञ्चायती शासन् लादेका थिए । जो करीब ३० बर्षसम्म टीक्यो र निरंकुशताको जंजीर नेपालीले भोग्न बाध्य हुनुप–यो । ०४६ को जनआन्दोलनले बल्ल पुनः नेपालमा बहुदलीय राजनीकि प्रणाली स्थापना गर्न सफल भयो ।

प्रजातान्त्रिक सरकारको मूलमंत्र जनतालाई राजनीतिक र आर्थिक अधिकारसमेत दिनु हो । यही उदेश्य पुरागर्न नेपालमा उहीबेला सहकारीतामा जोड दिइएको थियो । सहकारीको माध्यमबाट सबैलाई गरिबीको रेखामुनीबाट माथि उठाएर खानकोलागि एकहल खेत, वारी, एउटा दुहुनो गाई वा भैंसी र छोरा,छोरी पढाउनसक्ने आवश्यक व्यावस्थाको परिकल्पना गरेर नेपालको बिकासको योजना बनाउँदा नेपाली किसानको अनुहारलाई हेरेर योजना बनाउनुपर्छ भनेर प्रधानमन्त्रीको कार्यकक्षमा किसानले हलो जोतेको फोटो राख्नु भएको थियो । त्यो सपना नेपालमा अझैपुरा हुनसकेको छैन । वर्तमान के।पी।ओलीको दुइतिहाइ बहुमतको कमुनिष्ट सरकार अहिले नेपाली जनतालाई भ्रम पारेर भाषणमा भ्रम बाँडिरहेको छ । समाजवादको मूल अर्थ हुन्छ,सहकारीको माध्यमबाट सम्पतीको अधिकारको मालिक नागरिकलाई बनाउनु ।

वास्तविक प्रजातन्त्रमा हुने यही हो । नेपाली काँग्रेसको मूल उदेश्यपनि यही हो । तर बर्तमान् कमुनिष्ट सरकारले मुखले समाजवाद भनेपनि करमाथि कर बढाएर पैतृक सम्पति सन्ततीका नाममा नामसारी गर्न समेत नसक्ने भारपर्न गरी कर लगाउने कानून् ल्याउने तयारी गरिरहेको छ । यसरी यो सरकार सम्पतिको हक नागरिकलाई होइन,राज्यको हुने बाटोमा अग्रसर हुँदैछ । यसरी सरकारको यो कामले प्रजातन्त्र,नागरिक र सहकारीको मूल सिद्दान्त र आदर्शलाईनै प्रहार गर्दैछ । सरकारको यो छद्यमभेषी कामलाई सबैले बेलैमा होशियार भएर रोक्न जरुरी छ । नभए अहिलेसम्मको बलिमानी संघर्षको उपलब्धि गुम्ने छ ।

अरुको भनाइ जे भएपनि समाजवादको उदेश्य पुरागर्न सहकारीको सोच माहामानव वि।पि। कोइराला प्रधानमन्त्री भएको समयमा ल्याएकाले सहकारीको मूल नारा नेपाली काँग्रेसकै हो भन्ने यथार्थ नेपाली काँग्रेस वृतका सबैले प्रथमतः आत्मसाथ गर्न जरुरी छ । यतीले मात्र पुग्दैन,नेपाली काँग्रेसका सबै सदस्यले सहकारीको शेयर सदस्य बन्नु पर्छ । अनी सहकारी कर्मीलाई स,सम्मान अबसर दिनु पर्छ । सहकारीको सदस्य नभएकालाई कुनै अबसरनै दिनु हुँदैन ।

किनभने सहकारीका सदस्यनै यती धेरै भइसकेका छन् कि सहकारीको सदस्यको सहयोग विना अब कसैले चुनाव जित्न सक्दैन । केही गरी जितेपनि समाजवाद र सहकारीको उद्देश्य अनुरुप कामैगर्न सक्दैन । यदि शेरबहादुर देउवा र रामचन्द्र पौडेलपनि वास्तविक वि।पि।का अनुयायी हुनभने उहाँहरुलेपनि सहकारीको सदस्यता लिएर सहकारीको अभियानलाई सफल बनाउँदै नेपाली नागरिकलाई सम्पतिको मालिक बनाएर मुलुकलाई समृद्ध बनाउनु पर्छ । यसो गर्न सकेमामात्र वास्तवमा समाजवाद, सहकारी र वि।पि।को अभियान पुरा हुनेछ । यही कुरा २०७६ कार्तिक १९ गते मंगलबार जनकपुरधाममा प्रदेश २ का को–ओपरेटर्सका सहकारी अगुवाहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथीको हैसियतले नेपाली काँग्रेसका नेता माननिय बालकृष्ण खाँणले एक कार्यक्रममा बताउनु भएको थियो ।
( लेखक को–ओपरेटर्स सर्लाहीका संस्थापक अध्यक्ष हुनुहुन्छ )