आमा म भोको छैन टन्न अघाएको छुु


हरेकपल November 9, 2019

नरेन्द्र खनाल

आमा म भोको छैन, टन्न अघाएको छुु
हो आमा म भोको छैन टन्न अघाएको छुु ,
कहिले मारकाट र हिंसाले भरिएका अखवारहरु खाएको छुु,
कहिले बम र वारुदका ठुुला ठुुला अवाजहरु खाएको छुु
हो आमा म भोको छैन अघाएकै छुु,

कहिले भ्रष्टचारीहरुका गुुलिया गुुलिया भाषणहरु खाएको छुु
कहिले धर्तिमातालाई टुुक्रयउने दुुष्टहरुको चेतावनी खाएको छुु ,
हो आमा म भोको छैन, टन्न अघाएको छुु,

कहिले जातियताको बिउरोप्ने षडयन्त्रकारीको बिउ खाएको छुु ,
कहिले बलत्कारी र हत्याराहरुको सुुमधुुर आवाजहरु खाएको छुु,
हो आमा म भोको छैन, टन्न अघाएको छुु ।

कहिले एकजोर चप्पल लगाउन नसक्दा मुुटुुछेड्ने चिसो खाएको छुु
एउटि सानि छोरीले एउटा घाँगर लगाउने धोकोलाई पुु¥याउन नसक्दा
उक्त धोकोलाई झोल बनाएर खाएको छुु ,
हो आमा म भोको छैन टन्न अघाएको छुु ।

तपाँइ सधै छोरो भोको छ भनेर पिर गर्नुु हुुन्थ्यो नि
देख्नुुभयो त आमा मैले कति धेरै खाएको छुु ?
मैलै तपाँइलाई पनि त बिहान वेलुुकि भोकको भोजन खुुवाएकै छुुनि
पिर नगर्नुुस आमा म भोको छैन टन्न अघाएको छुु
हो आमा म भोको छैन टन्न अघाएको छुु, टन्न अघाएको छुु ।

सिद्धिचरण न.पा. ०३ ओखलढुुङगा
हाल : महालक्ष्मी ०३ ललितपुुर