आज आइतवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २४ गते


हरेकपल November 10, 2019



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २४ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि दिवा ४।२० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । रेवती नक्षत्र राति ६।१० बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२१ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ ।


चन्द्रमा आज मीन राशिमा छन् । आज आइतवार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज वैकुण्ठचतुर्दशीव्रत पनि परेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्