उपासनाद्वारा पानी बितरण


हरेकपल November 10, 2019

काठमाडौँ । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि ले हरिबोधनी एकादशीको दिन इचङगुनारायण मन्दिरमा उपस्थीत भक्तजनहरुलाई पानी तथा सर्बत बितरण गरेको छ । सो दिन संस्थाले बिहानदेखि बेलुकासम्म उपस्थित सबैलाई पानी बितरण गरेको थियो ।

उपासना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमरावती महर्जनले हालसम्म यस क्षेत्रमा पानीको ब्यवस्था कुनै सहकारी संस्थाबाट नभएको देखिएकाले भक्तजनहरुको तिर्खा मेटाउनको लागि आँफुले यस्तो सक्रियता देखाएको बताउनुभयो । त्यस्तै उहाँले यस्तो कार्यमा अन्य सहकारी संस्थाहरुले पनि सक्रियता देखाउनुपर्ने बताउनु भएको छ ।