काठमाडौं, २५ कात्तिक । प्रहरीले ‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डेलाई पक्राउ गरेको छ ।
एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा उनी परेकी हुन् ।
शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो ।
लाइफ ड्यामेज थेगाेबाट चर्चित अघोरी बाबाकी श्रीमती पक्राउ परेपछि बाबाकाे आफ्नै लाइफ ड्यामेज भएकाे छ ।