धनकुटाका कांग्रेस नेतालाई मातृशोक


हरेकपल November 11, 2019

– विजय राई

धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल महिला संघका निवर्तमान केन्द्रिय सदस्य टिका देवी भण्डारी रिजालकी सासु र नेपाली कांग्रेस धनकुटका क्रियाशिल सदस्य डा.कमल प्रसाद रिजालका आमा समाजसेवी पदमावली रिजालको निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा समवेदन दिएको छ ।

धनकुटाको मुलघाट स्थित तमोर नदीको किनारमा स्वर्गीय पदमावली रिजालको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,पूर्व सभापति हरी कुमार राई,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु लोकेन्द्र रायमाझी,विष्णु पौडेल,खेम पौडेल,महोन वान्तवा,राजेन्द्र पौडेल, पूर्व जिल्ला सहसचिव राजन पौडेल,पूर्व महासमित सदस्य इश्वर श्रेष्ठ,नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सदस्य धन वहादुर खड्का,नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,जिल्ला अध्यक्ष थिरेन्द्र लिम्बु,समाजवादी पार्टीका धनकुटाका उपाध्यक्ष पार्वती राई,जिल्ला सहसचिव डम्वर कटुवाल,राष्टिय जनमोर्चा धनकुटका सचिव कोपिला शंकर ,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग,नेपाल तरुण दल धनकुटका उपाध्यक्ष यवराज पराजुली,क्षेत्रिय अध्यक्ष तिलक महत,धनकुटा नगरपलिका वडा नं. ६ का सदस्यहरु मिलन खड्की,हिरादेवी राई,नेपाली कांग्रेसका क्षेत्रिय उपसभापति रोहित धमला,पूर्व क्षेत्रिय अध्यक्ष चुडामणी धमला,धनकुटा नगर कार्य समितिका सदस्य केदारनाथ श्रेष्ठ,उद्धव कटुवाल,लगायतका सवै सहभागी कांग्रेस नेताहरु र मलामीजनत तथा आफन्तजनले फुलमाला लगाई दिई अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।

दम लगायत विभिन्न रोगको उपचारको क्रममा धनकुटा अस्पतालमा हिजो निधन हुनु भएका ८९ वर्षिय पदमावती रिजालकी जोष्ठ सुपुत्र केदार रिजाल नेपाल प्रेस युयिन मरोगका पूर्व अध्यक्ष,माईला छोरा नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य डा. कलम रिजाल ,माईली बुहारी नेपाली कांग्रेस धनकुटाका नेता टिका देवी भण्डारी रिजाल र अन्य छोराहरु डगेन्द्र प्रसाद रिजाल,दिनदया रिजाल,विश्वनाथ रिजाल ,दिपेन्द्र रिजाल र छोरीहरु इन्दिरा,प्रियादेवी सावित्रा र सुनिता लगायत नाती नातिनीहरु हुनुहुन्छ ।


अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल महिाल संघका निवर्तमान केन्द्रिय सदस्य टिका देवी भण्डारी रिजाजकी सासु र नेपाली कांग्रेस धनकुटका क्रियाशिल सदस्य डा.कमल प्रसाद रिजालका आमा पदमावली रिजालको जिवन प्रस्तुत गर्दै नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले स्वर्गीय आमा पदमावली रिजालको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको वताउनु भयो ।