नगर प्रमुखको मनोमानी विरुद्ध भोलि कागेश्वरी मनोहरामा विरोध कार्यक्रम


हरेकपल November 11, 2019

काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संर्घष समितिले कागेश्वरी मनोहरा नगरपालिकामा भएका विकृती विसंगतीको विरुद्ध भोलि विहान १० बजे विरोध कार्यक्रम गर्दैछ ।

नगर संर्घष समितिका संयोजक शंकर थापाले हरेकपललाई दिएको जानकारीअनुसार कागेश्वरी मनोहरा नगरपालिकामा भएका अनियमितता, वेतिथी, राजनीतिक पूर्वाग्रह प्रेरित निर्णय, विकास निर्माणमा भएका ढिलासुस्ती लगायत नगर प्रमुखका मनोमानी विरुद्ध विरोध कार्यक्रम गर्न बाध्य भएको बताइएको छ ।

नगरपालिकाले गरेका विभिन्न जनसरोकारका विषयहरुमाथिको विरोध कार्यक्रम नगरपालिकाको कार्यालय थली डाँछीमा हुने संयोजक थापाले बताउनुभयो । बिहान ठिक १० बजे आयोजना हुन बिरोध र्यालि सहित नगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाे छ ।